कैलाली – वडा प्रहरी कार्यालय धनगढीमा सोमबार एक थुनुवाको
रहस्यमय ढङ्गबाट मृत्यु भएपछि नियन्त्रणमा रहेका वडा प्रहरी इन्चार्जसहित तीनजना
प्रहरी निलम्बनमा परेका छन् ।
निलम्बनमा परेकाहरूमा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक गणेश
विष्ट, हवल्दार कर्णबहादुर महरा र प्रहरी जवान गोरखबहादुर चन्द रहेका छन् ।
अनुसन्धानका लागि उनीहरू हाल जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेका
छन् ।
मृतकका भाइ बिर्ख शाहीले हत्याको आरोपमा अदालतमा मुद्दा दायर गरेपछि तीनै जनालाई
निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख गणेश गुरुङले
बताउनुभयो ।
जिल्ला अदालत कैलालीले तीनै जना अभियुक्तलाई थप सात दिन थुनामा राख्न आदेश दिएको
जनाएको छ । घटनाको छानबिनका लागि सेती अञ्चल कार्यालयका वरिष्ट प्रहरी उपरीक्षक
विजयलाल कायस्थको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
सोमबार कैलालीस्थित दोदोधरा



