
रौतहटको पिप्रा भलोहियास्थित जमाहर चौकमा बिहीबार सहिद रिबहादुर खड्का र कौशल पण्डितको स्मृतिमा आयोजित सभामा माओबादी अध्यक्ष पुष्पकमल दाहालले बिबाद र बहसको रुपमा नभई पार्टी एक भई अघि बढ्ने बताए ।
स्मृति सभामा शहिद परिबारले पार्टी चरम गुटउपगुटमा फसेको भन्दै गुनासो गरेपछि दाहालले पार्टी अध्यक्षको हैसियतले पार्टीलाई एकताबद्ध कामय राख्न भरपुर प्रयास गर्ने बताए । माओबादी कमजोर भयो भने राष्ट्र कमजोर हुने बताउँदै दाहालले पार्टी बलियो बनाउन लागि पर्ने प्रबिद्धता जनाए । उनले शहिदले सुरु गरेको क्रान्तिलाई अन्तिमसम्म लडेर साकार पार्ने बताए ।
माओबादीका बरिष्ठ उपाध्यक्ष मोहन बैधले बिचार फरक भए पनि पार्टी कुनै हालतमा नफुट्ने ठोकुवा गरे । उनले क्रन्तिको बाटोमा लागि रहने बताए । पार्टी भित्र केहि दिन देखि चलेको बहसले सबैलाई चिन्तित तुल्याएकोले बिचार र बहस हुनु जरुरी भएको उनले औल्याए ।
अर्का उपाध्यक्ष बाबुराम भट्टराईले पार्टी भित्र बैचारिक बिषयको बहस जरुरी भएको बताए । फुटको आशंकाले सबैमा चिन्ता ल्याएको प्रति उपाध्यक्ष भट्टराईले पार्टीका नेता तथा कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे । ‘तपाईहरु ढुक्क हुनुसु’ उनले भने, ‘पार्टी कुनै पनि हालतमा फुट्दैन ।’ सहिदले लिएको क्रान्तिको बाटो माओबादीले नछाड्ने उनले बताए । पार्टीलाई एक ढिक्का भई लैजाने प्रतिबद्धता जनाए पनि कार्यक्रम भरी तीनै शिर्ष नेताहरु एक अर्का बिच एक पटक पनि कुराकानी भएन ।
०५९ साल असार २ गते भारतबाट पार्टीको बैठक सकि रौतहट हुँदै दोलखा हिडेका माओबादीका तत्कालीन केन्द्रीय सदस्य रितबहादुर खड्काको पिप्राभलोहिया गाबिसमा रहेको सुरक्षाकर्मीले चलाएको गोली लागि मृत्य भएको थियो ।
उनको साथै रहेका माओबादीका रौतहट सदस्य कैलाश पण्डितको समेत मृत्यु भएको थियो । दुबै शहिदको सम्झनामा शहिद परिबारको आग्रह पछि माओबादी रौतहट समितिले स्मृती सभाको आयोजना गरेको थियो । कार्यक्रममा शहिद परिबारले पार्टी भित्र चरम गुटउपगुट भएको भन्दै नेतृत्व तहको कडा आलोचना गरेका थिए ।



