संविधान निर्माणका क्रममा देखिएका बिवाद समाधानका लागि गठित कार्यदलको बैठक निष्कर्षविहिन

काठमाडौ । संविधान निर्माणका क्रममा देखिएका बिवाद समाधानका लागि गठित कार्यदलको आजको बैठकबाट पनि कुनै ठोस निष्कर्ष निस्कन सकेन ।

 

यद्यपी शासकीय स्वरुपका बारेमा भने छलफल भएको छ । उपसमितिलाई सहयोग गर्न गठित कार्यदलको आजको बैठकमा दलहरुले शासकीय स्वरुपका बारेमा पार्टीको आ आफ्नै अडान कायम राखेपछि कुनै पनि सहमती हुन नसकेको हो । कार्यदलका संयोजक लक्ष्मणलाल कर्णका अनुसार बैठकमा बिभिन्न देशका शासकीय मोडेलका बारेमा पनि छलफल भएको थियो ।

 

कार्यदललाई शासकीय स्वरुप निर्धारण समिति निर्वाचन प्रणाली र राज्यपुर्नसंरचना समितिका प्रतिवेदनमा देखिएका बिवादहरु समाधानको जिम्मा दिएको थियो ।