
संविधानसभाको म्याद सकिने अन्तिम तिर रातदिन नभनी बारम्बार बैठक
बसेर पाँच बुँदे सहमति गरेका तीन प्रमुख दलहरुबीच त्यहि पाँचबुँदेको समीक्षा गर्न
बस्ने भनिएको पहिलो बैठक भने बस्नै नसकी स्थगित भएको छ।
पाँचबुँदे गरेको तीन सातापछि बस्न लागेको शीर्ष नेताहरुको संयुक्त बैठक
माओवादीले आफ्ना नेताहरुको व्यस्तता देखाउँदै रोक्न आग्रह गरेको बताइएको छ।

राष्ट्रपति रामबरण यादवले तीन दलका शीर्ष नेताहरुलाई सँगै राखेर, समयमै
पाँचबुँदे सहमति कार्यान्वयन गर्न सुझाव दिएको भोलीपल्ट शनिबार प्रधानमन्त्री निवास
बालुवाटारमा डाकिएको तीन शीर्ष दलको बैठक बस्दै नबसी स्थगित भएको हो।
यसबाट स्वयं नेताहरु नै निराश भएका देखिएको छ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल भन्छन् संविधान सभाको म्याद थपिएको तीन
साता बित्दा शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रगति हुन सकेको छैन ।
पौडेल भन्छन्,





