काठमाडौ – संसदमा जवाफ दिन रोष्टमतर्फ जान लागेका स्थानीय विकास मन्त्री
उर्मिला अर्याललाई अवरोध गरिरहेका सभासद्हरु सभामुखले अन्तिम् चेतावनी दिंदा पनि
नमानेपछि मर्यदापालक लगाएर बैठकस्थलबाट निकालिएका छन् ।
उनीहरुलाई अनुशासन उल्लंघन गरेकोमा सात दिनका लागि निलम्बन गरिएको छ । यस
प्रकारको कारवाही भएको ब्यवस्थापिका संसदमा पहिलो पटक हो । प्रधानमन्त्रीले माग
सम्बोधन गर्ने तीन बुँदे प्रतिबद्धता जनाउँदा पनि अबरोध कायमै राखेपछि उनीहरुको
नारावाजीकै बीच संसदको कारवाही सुरु भएको थियो ।
निलम्बनमा परेका सभासद्हरुमा दलित जनजाति पार्टीका विसेन्द्र पासवन, स्वतन्त्र
सदरुल मियाँ हक, नेपा पार्टीका बुद्धरत्न मानन्धर र संघीय लोकतान्त्रिक मञ्चका
रुक्मिनी चौधरी छन् ।
उनीहरुले नै उठाएकै मागहरुको जवाफ दिनका लागि रोष्टममा जान लाग्दा मन्त्री
अर्याललाई अवरोध गरिएको थियो ।



