उदयपुर – मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष बिजयकुमार गच्छेदारले प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। संविधानसभाको म्याद थपताका भएको दलीय सहमतिअनुसार वर्तमान सरकाले पाँचबुदे सहमतिको पालना गर्न राजीनामा दिनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष गच्छदारले शान्ति र संविधानका लागि सहमतिको सरकार निर्माण गर्न ढिलाई गर्न नहुने तर्क गर्दै त्यसको नेतृत्व तीन ठूला दलले गर्नुपर्ने बताए।
‘यदि ठूला दलहरु सरकार निर्माणमा सहमत हुन सकेनन् भने मधेसबादी दललाई सरकारको नेतृत्व गर्न दिनुपर्छ,’ गच्छेदारले भने।



