प्रहरी प्रधान कार्यालयव्दारा मध्यरातमा १ सय ५४ भन्दा बढी डीएसपीको सरुवा

काठमाडौ – प्रहरी प्रधान कार्यालयले माहतका १ सय ५४ भन्दा बढी डीएसपीको
आइतबार मध्यराती सरुवा गरेको छ । सरुवाबाट देशभरिका झण्डै ४५ जिल्ला र ८० भन्दा बढी
प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएकाछन । पछिल्लो केही महिना अघि काजमा गएका
उपत्यका लगायतका सबै स्थानमा नया डिएसपीहरुले जिम्मेवारी पाएका छन ।

प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह, गृह सचिव लीलामणि पौडेल र गृहमन्त्री
कृष्णबहादुर महराले शनिबार अपराह्न नै डीएसपी सरुवाको अन्तिम टुंगो लगाएका थिए ।

खेस्रा गरी टुंगो लगाएको उक्त सूची कम्प्युटरमा टाइप गरी सार्वजनिक गर्नुअघि
परेको दबाबका कारण उक्त सूची झन्डै १० चोटिभन्दा बढी परिवर्तन भइसकेको स्रोतले
जनायो । स्रोतका अनुसार झन्डै एक दर्जन स्थानका लागि विभिन्न प्रभावशाली निकायबाट
दबाब आएका कारण सरुवाको निर्णय झन्डै २४ घन्टापछि सार्वजनिक हुने भएको हो ।