महानगरले सरोज गुरागाईंलाई हाजिर नगराउने, निमित्तलाई आर्थिक अधिकार दिन माग (पत्र सहित)

 

काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएकोमा  मेयर बालेन्द्र साहले गुरागाईंलाई हाजिर नगराउने अडान लिएका हुन् ।

आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै महानगरले अर्को प्रशासकीय अधिकृत पठाउन र त्यतिञ्जेलका लागि निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन माग गरेको छ ।

शहरी विकास मन्त्रालयले प्रशासकीय अधिकृत गुरागाईंलाई काम गर्न दिन भन्दै महानगरलाई पत्राचार गरेको थियो । त्यसलाई अस्वीकार गर्दै महानगरबाट पत्राचार भएको हो ।

महानगरको पत्रमा गुरागाईंलाई हाजिर गराएमा महानगरका विभिन्न परियोजना र कार्यहरुमा नकारात्मक प्रभाव तथा कानूनी झण्झट पर्ने उल्लेख छ ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुसञ्चालनमा सहयोगको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पत्राचार गर्ने भनी मिति २०६१/११/२२ मा प्रमुख स्तरीय निर्णय भएको ले सो अनुसार हुन अनुरोध गरिन्छ’, वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

Mayor Balen's reply to the Federal Ministry: Chief Administrative Officer Guragai cannot be made to appear