एमडी मनोजको ‘अर्घाखाँची ठाउँमा’ गीत सार्वजनिक (भिडियो, लिन्क सहित)

 

-नविन विक, अर्घाखाँची ।

अर्घाखाँची । एम डी मनोज (मनोज विक) को ‘अर्घाखाँची ठाउँमा’ गीत सार्वजनिक भएको छ । अर्घाखाँचीका विभिन्न स्थानहरूमा छायांकन गरिएको एमडी मनोजको पहिलो कोशेलि अर्घाखाँची ठाउँमा गीत सनिवार सार्वजनिक भएको हो ।

रानी म्युजिक शोलुसनबाट सार्वजनिक भएको ‘अर्घाखाँची ठाउँमा’ गीतमा स्वर एमडि मनोज र सबिना पुनको रहेको छ । यस्तै रोष्नी रसाइली, अशोक जिसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

गीतमा अर्घाखाँचीका विभिन्न पर्यटकीय क्षेत्रहरु समावेस गरिएको छ । मालारानी मन्दिर, सुपा देउराली मन्दिर, घेराको लेक, लोहोरी लेक जस्ता पर्यटकीय क्षेत्र देखाइएको छ । गीतले अर्घाखाँचीलाई संसारभर चिनाउन समेत मद्दत पुग्ने एमडी मनोजले बताए ।

लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका मनोज अहिले नेपाल आएको बेला ‘अर्घाखाँची ठाउँमा’ एल्बम निकालेका हुन । गीत संगीतमा रुचि राख्ने मनोजले अर्घाखाँचीका पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार होस् भन्ने हेतुले पनि यो गीत निकालेको बताउन्छन् ।

images

‘यहाँ घुम्न लायक थुप्रै स्थानहरु छन्, यिनको सोचेजस्तो प्रचारप्रसार हुन सकेको छैन,’ उनले भने ‘यहाँका पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार होस् भन्ने उदेश्यले यो गीत निकालिएको हो ।’

images

भिडियो लिन्क : https://youtu.be/Jbk2Ka9RBvU

images