प्राविधिक सहायकको हत्या भएको ठहर गर्दै आन्दोलनमा उत्रेका कञ्चनपुरका कर्मचारीहरुद्वारा पाँचौ दिन पनि कामकाज ठप्प

– चित्रांग थापा

महेन्द्रनगर  – दोधारा गाविसका प्राविधिक सहायक यज्ञराज उपाध्यायको हत्या
भएको ठहर गर्दै आन्दोलनमा उत्रेका कञ्चनपुरका कर्मचारीहरु विहीवार पाँचौ दिन पनि
काममा फर्केनन् । कञ्चनपुरको कर्मचारी आन्दोलन प्रति एक्यबध्दता देखाउदै सुदुर
पश्चिमका बाकी ८ जिल्लामा पनि मंगलवार देखि सरकारी कार्यालयको कामकाज प्रभावित
भएकोछ ।

घटनाको न्यायिक छानविन, स्व उपाध्यायलाइ शहिद घोषणा गर्नुपर्ने र उनका परिवारलाइ
राहत सहयोग प्रदान गर्नुपर्ने प्रमुख माग अघि सारी कञ्चनपुरका कर्मचारीले आन्दोलन
शुरु गरेका हुन् ।