काठमाडौ – संविधानसभामो म्याद थप्ने बेलमा प्रमुख तीन दलबीच भएको
पाँचबुँदे सहमति कार्यान्वयनको अनुगन गर्न संसदीय अनुगमन समिति गठन गरिएको छ ।
सभामुख सुवास नेम्वाङ संयोजक रहने उक्त समिति १७ सदस्यीय रहने छ । सोमबार साँझ
बस्ने संसद बैठकबाट समिति अनुमोदन गरिने भएको छ ।
समितिमा माओवादीबाट ४,कांग्रेस,एमाले र मधेशी मोर्चाबाट २/२ जना तथा साना दलका
तर्फबाट ५ जना रहनेछन् । समतिको सदस्यहरुमा माओवादीबाट पोष्टबहादुर बोगटी,
गिरिराजमणि पोखरेल, पम्फा भुसाल, हिसिला यमी, कांग्रेसबाट लक्ष्मण घिमिरे,
विमलेन्द्र निधि,एमालेबाट भीम आचार्य, राधा ज्ञवाली, मधेसी मोर्चाबाट रामजनम चौधरी
र आत्माराम साह रहेका छन् ।
यस्तै सानादलबाट सरिता गीरी, परी थापा, प्रेमबहादुर सिंह, प्रतिभा राणा, र कमला
थापा छन् । अनुगमन समितिमा उपसभामुख पूर्णकुमारी सुवेदी उपसंयोजक रहनेछिन् ।
संसदको बैठकमा मोओवादी सदस्य लोकेन्द्र विष्टले समितिको प्रस्ताव पेश गर्ने छन्
।



