दलित समुदायको सशक्तिकरण लागि दलित समुदायको एकता जरुरी : प्रजिअ अर्याल (तस्बिर सहित)

 

-अनिल नेपाली ,सन्धिखर्क अर्घाखाँची।

अर्घाखाँची – दलित समुदायको सशक्तिकरण लागि दलित समुदायको एकता जरुरी रहेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताएका छन् ।

May be an image of 3 people, dais and text

बिट्रिस काउन्सिल तथा दलित लाइभ म्याटरकाे सहयाेग र रूपान्तरणका लागि आवाज नेपालकाे समन्वयमा आयोजित कार्यक्रममा मन्तब्य राख्दै प्रजिअ अर्यालले यस्तो बताएका छन् ।

May be an image of 15 people and text

प्रजिअ अर्यालले संविधानमा दलित अधिकारका थुप्रै सवाल समेटिए पनि कार्यान्वयनमा केही कमजोर देखिएको बताए । उनले दलित आयोग, राजनीतिक दलका भातृसंठन र दलित अधिकारकर्मी लगायतले पनि आफ्नो भूमिका प्रभावकारीरुपले खेल्न नसकेको धारणा राख्दै छुवाछूतको समूल नष्ट गर्न राज्यका तीनै तहका सरकारले भुमिका महत्त्वपूर्ण हुने बताउदै अमानवीय उत्पीडन र ज्यादतीमा पर्दै आएका दलित समुदायको संवैधानिक हक अधिकारको प्रभावकारी कार्यान्वयनका निम्ति राज्य र यसका निकायहरू जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

May be an image of 12 people and text

उहाँले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न दलित समुदायको एकताका लागि समुदायको एकता एकीकृत हुनुपर्ने बताएका थिए।

images

May be an image of 3 people, hospital and text

कार्यक्रममा प्रहरी निरिक्षक जगनाथ मरासिनीले जिल्लामा दलितकाे बस्तुगत स्थिति हालकाे अबस्था कानुनी जटिलता परामर्श कानुनी उपाय लगायतको बारेमा अनुशिक्षण समेत दिनु भएको थियोे ।

images

May be an image of 4 people and people studying

कार्यक्रममा पत्रकार महासघ लुम्बिनी प्रदेशका काेषाध्यक्ष प्रेमनारायण आचार्य आधिकारिक ट्रेड युनियनका अध्यक्ष कुष्ण बर्मा लगायतले शुभकामना मन्तब्य राख्दै दलित समुदाय अब जागरुक र एकीकृत हुनुपर्ने बताएका थिए ।

images

May be an image of 10 people, people smiling and people studying

कार्यक्रम सुरक्षा निकाय प्रमुख तथा प्रतिनिधि दलित अधिकारकर्मी लगायत दलित सग सम्बन्धित सबै अगुवाकाे सहभागीता रहेको थियोे । कार्यक्रम कार्यक्रम सयाेजक अनिल नेपालीको अध्यक्षता नवीन रसाइलीकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

May be an image of 13 people, people studying and table

कार्यक्रममा अर्घाखाँची जिल्लामा भएका दलितका समस्याकाे बारेमा दलित अगुवा सन्जय नेपाली राम ब सुनार सन्जु नेपाली माया नेपाली लगायतले बताएका थिए।

Nepal life insurance

May be an image of 15 people and text

May be an image of 12 people and text

May be an image of 3 people, dais and text