छोरीको जन्मदिनको अबसरमा खड्का दम्पतिले गरे सन्धिखर्क स्थित निर्मल नबज्योतिमा खाध्यान्न सहयोग। (तस्बिर सहित)

 

-सुर्य प्रसाद भुसाल ।

सन्धिखर्क-  सन्धिखर्क नगरपालिका वाड नम्बर १ निवासि मेघ बहादुर खड्का र ईन्दिरा खड्काले आफ्नो छोरी सिखा खड्का को जन्म दिनको अबसरमा सन्धिखर्क स्थित निर्मल नब ज्योति सुस्त मनस्थिति बिधालयमा रहेका बौद्धिक अपाङ्ग हरुलाई खाध्यन्न सहयोग गरेका छन ।

खड्का परिवार आँफै बिधालयमा उपस्थित भएर शुक्रबार बिधालयका प्रअ कमला भुसाल मार्फत चामल दाल ,तेल, बिष्कुट फ्रुटि नगद ५ हजार ५ रुपैयाँ  हस्तान्तरण गरेका हुन ।

खड्का परिवार ले जन्मदिनको अबसरमा हुने अनावस्यक खर्चलाई घटाएर सामाजिक क्षेत्रमा लगाउन यो सहयोग गरेको सिखा खड्का का दाजु सुमन खड्काले बताए ।

सिखा खड्का कि दिदी सुरक्षा खड्काले ले भनिन् जन्मदिनको अबसर पारेर फजुल खर्च गर्ने क्रम घटाउनु पर्छ सामाजिक क्षेत्रमा लगानि गर्नु पर्छ भन्ने सन्देश दिन बहिनिको जन्म दिनको अबसरमा बौद्धिक अपाङ्ग हरुलाई केही सानो सहयोग गरेको बताईन ।

images

सिखा ले भनिन् आफ्नो सहयोगबाट सुस्त मनस्थिति बिधालयमा बसेकालाई सानो सहयोग मार्फत एक छाक खाने व्यवस्थापन गराएको बताइन् ।

images

हस्तान्तरण कार्यक्रममा पत्रकार सुर्य प्रसाद भुसाल समाजसेबि तिर्थराज घिमिरे बिधालयका प्रअ कमला भुसाल लगाएतको उपस्थिति रहेको थियोे ।

 

images