लोकतन्त्र संस्थागतमा युवा वर्गको भुमिका महत्वपुर्ण

Photo8

– कृष्ण  खनाल

बुटवल १६ असार – मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान काुहरास्ट नेपाल रुपन्देहीले लोकतन्त्र सवलिकरण कार्यक्रम अन्तरगत विहिवार वुटवलमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

मानवअधिकार लोकतन्त्र शान्ति र संविधानका लागी युवा वर्गको भुमिकाँ विषयक अन्तरकृया कार्यक्रममा विभिन्न राजनितीक दलका युवा संगठनका प्रतिनिधीहरु संचारकर्मी तथा अभियानकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी राजनितीक दलमा आवद्ध युवाहरुले राजनितीक दलहरुले युवा पंतिलाई भरयाङ मात्र वनाउदा लोकतन्त्र सवलिकरण हुन नसकेकोमा जोड दिएका थिए । लोकतान्त्रिक गणतन्त्रमा स्थापनामा युवा वर्गको भुकिमा महत्वपुर्ण भएको वताउदै उनिहरुले लोकतन्त्र संस्थागत गर्न पनि दलका नेताहरुलाई खवरदारीको आवश्यकता औल्याए । राजनितिक दलविचको मुटावले लोकतन्त्र  र नयाँ संविधान निर्माणकार्य धरापमा परेको उनिहरुको भनाई छ । युवाविच साझेदारीको अभाव रहेकाले अवका दिनमा उएजुट भएर अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव यानेन्द्र जिसीले दल भित्रको अन्तरसंर्घषका कारण लोकतन्त्र ओझेलमा परेको वताउदै युवा वर्ग त्यस तर्फ सजग हुन पर्नेमा जोड दिए ।

युथफोस्र नेपालका नहकुल शाहीले  राजनितीक आस्थाका आधारमा  आफैमा युवावर्ग झैझगडामा फसेको वताउदै यस्ले युवा पंतिलाई नै वेफाईदा हुने वताए । राजनितीक परिवर्तनलाई संस्थागत गर्न युवावर्ग एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

वाईसिएल नेपाल वुटवल नगर सचिव कृष्ण रिमालले राजनितीक परिवर्तनमा युवा वर्गको भुमिका उल्लेखनिय रहेको वताउदै लोकतन्त्र सवलीकरणमा फेरी येागदान दिनुपर्नेमा जोड दिए ।

नेपाल मजदुर किसान पाटी निकट नेपाल क्रान्तिकारी युवा संघकी सरु विकले नेताहरुले युवा वर्गलाई प्रयोग मात्र गरेको उनिहरुको समस्याको वारेमा नहेरेको अवस्था रहेको भनाई व्यक्त गरीन ।

काहुरास्ट नेपालका केन्दिय सदस्य तथा जिल्ला अध्यक्ष नेत्र वहादुर पाण्डेको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा एमालेको युवा संघ नेपालका प्रतिनीधी दुर्गा गुरुङ  युवा संचारकर्मी कृष्ण ढकाल काहुरास्टका जिल्ला सचिव राजेन्द्र कुँवर लगायतले आ- आफ्नो धारणा व्यक्त गरेका थिए ।