अनिश्चितकालिन यातायात बन्दका कारण बाराको जनजीवन प्रभावित

– पवन यादव

बारा  – बारा बस व्यवसायी संघले बाराको ग्रामिण भेगको सडक मर्मत गर्न माग गर्दै आव्ह्रान गरेको अनिश्चितकालिन यातायात बन्दका कारण शनिबार पनि
बाराको जनजीवन प्रभावित भएको छ ।

बन्दको कारण बिहानै देखि कलैया वीरगंज सडक खण्ड तथा सदरमुकामबाट ग्रामिण भेकको
लागि चल्ने सार्वजनिक यतायातका सवारी साधनहरु चलेका छैनन् ।

यतायातका सवारी साधनहरु नचल्दा यात्रुहरु समस्यामा परेका छन् । कलैया वीरगंज सडक
खण्डमा रिकसा, टंगा लगायतका नीजि सवारी साधनहरु मात्र चलेका छन् ।

व्यवसायी संघको मागमा टेम्पु व्यवसायी संघ बारा, सिटी राईट बस व्यवसायी संघ,
नेपाल यतायात स्वतन्त्र मजदुर संगठन बाराले समेत समर्थन जनाएको छ ।

बस ब्यवसायीहरुले बिहीबार देखि नै जिल्लाको ग्रामिण भेगमा चल्ने यतायातका सवारी
साधनहरु अनिश्चितकालका लागि ठप्प पारेको सिटी राईट बस व्यवसायी संघ बाराका अध्यक्ष
मोहन प्रसाद कानुले बताए ।