
काठमाडौ – कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका सभासद् नारदमुनि रानालाई एमालेले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको छ ।
एमाले अनुशासन आयोगले सभासद् रानालाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन पार्टी सम्बन्धिन निकायहरुलाई निर्देशन पनि दिएको छ ।

सभासद् राना सोमबार अनामनगरबाट पक्राउ परेका थिए । आयोगले सभासद् राना पक्राउ परकोमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै नीति निर्माण गर्ने जस्तो मर्यादित एवं गरिमामाय तहमा आसिन व्यक्ति प्रहरीद्वारँ पक्राउ परी कारवाहीमा पर्नु दुखद भएको बताएको छ ।




