भदौ १४ पछि जोखिमपूर्ण समय आउन सक्ने भएकाले सुरक्षा निकायमा सर्तक

कास्की –   भदौ १४ पछि जोखिमपूर्ण समय आउन सक्ने भएकाले  त्यसको तयारीमा रहनु पर्ने गृहसचिव लिलामणि पौडेलले बताएका छन् ।

अवस्था सहज होला भन्ने छैन  यसैले  सुरक्षा निकायलाई  सर्तक भएर त्यसको तयारीमा लाग्न  निर्देशन दिएको उनले बताए ।

पोखरामा मंगलबार देखि शुरु भएको  पश्चिमाञ्चल स्तरीय क्षेत्रिय भेलाको बुधबार पोखरा भएको समापन कार्यक्रममा बोल्दै  पौडेलले  अहिल्यै ढुक्क भएर बस्ने अवस्था नरहेको उनले प्रष्टाए ।

उनले राजनीतिक आडमा अपराधीको संरक्षण  भएरहेकोले अपराध नियन्त्रणमा समस्या आएको बताए ।

उनले अन्य पुर्व र मध्यमाञ्चल क्षेत्रको तुलनामा सुरक्षा स्थिति पश्चिमाञ्चलमा सामान्य रहेको बताए ।  ‘समग्रमा यहाँको सुरक्षा स्थिति राम्रो छ ‘उनले भने, सुरक्षा निकायले सर्तक भएर काम गर्नुपर्छ ।’