



काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले रावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी चलिररहेको जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइजीपी थापाले प्रसाईँलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जानकारी गराएका हुन् ।

बैठकमा आइजीपी थापाले तीनकुने घटनामा पक्राउ परेका र कसलाई कुन कसुर अनुसन्धान भईरहेको छ भन्नेबारे समितिमा ब्रिफिङ गरेका थिए । सोही क्रममा समितिका सभापति रामहरि खतिवडाले ‘कुल समातियो, मुल समातिएन’ भनेर प्रश्न गरेका थिए । त्यसपछि आईजीपी थापाले भने, ‘मूल समात्नको लागि गृहमन्त्रीज्यूसँगको सहकार्यमा कुन कसुरमा हो भनेर हेर्दैछौँ ।’


आइजीपी थापाका अनुसार तीनकुने घटनामा २० जनाविरुद्ध राज्यविरुद्धको अपराधमा अनुसन्धान भईरहेको छ भने ५८ जनाविरुद्ध आपराधिक उपद्रव अन्तर्गत अनुसन्धान भईहरेको छ ।
थापाले प्रसाईँ कहिलेसम्म पक्राउ भन्नेबारे एकिन गर्न नसकिने बताए । – N24



