



काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ ।


वार्ताका लागि सिंहदरबारमा बोलाएपनि महासंघ वार्तामा उपस्थीत नभएपछि शुक्रबार शिक्षकसँग छलफल गर्ने सरकारको प्रयास असफल समेत भएको छ । शिक्षकहरुसँग छलफल गर्नका लागि फोनका साथै औपचारिक पत्र पठाएपनि शिक्षक महासंघ वार्तामा उपस्थीत नभएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।


लाई पत्र पठाएपछि कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षामन्त्री भट्टराई शहरी बिकास मन्त्रालयमा पुगेर वार्ताको तयारी गरेका थिए ।

तर शिक्षकहरुको उपस्थीति नभएपछि वार्ता हाललाई स्थगीत गरिएको मन्त्री भट्टराईले बताइन् । उनले शिक्षकहरुको मागलाई सम्बोधन गर्दै विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकार तयार रहेको उल्लेख गरिन् ।

यता महासंघले भने विद्यालय शिक्षा विधेयकलाई छिटो अघि बढाउने एकमात्र मुद्धा रहेकाले वार्तामा बस्न आवश्यक नरहेको जनाएको छ ।

महासंघले वार्ता भन्दा पनि ऐनलाई अघि बढाउन सरकारलाई सुझाव दिएको छ । विद्यालय शिक्षा विधेयकलाई छिटो निष्कर्षमा पुराउनुपर्ने भन्दै देशभरका शिक्षकहरु काठमाडौँमा भेला भएर आन्दोलन गरिरहेका छन् ।
थप तस्बिर:











