



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजै गिरफ्तारी दिने भएका छन् । उनलाई गिरफ्तार गर्न प्रहरीकाे टाेली बुढानिलकण्ठस्थित उनकाे निवासमा पुगेकाे छ ।
उनले चितवनको सभा नारोक्न पनि निर्देशन दिएका छन् । साथै उनले आफूमाथि ठूलो अन्याय भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,


उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले सोही प्रकरणमा एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो भने लामिछाने पनि धरौटी बदरको माग गर्दै उच्च अदालत पुगेका थिए ।
सोही पुनरावेदनविरुद्ध अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।
त्यस्तै अदालतले पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला जिल्ला अदालतको आदेश पनि सदर गरेको छ।



