नेटोका सचिव एन्दर्स फोग रासमुसेनले हिजो रुसको कालो सागरको छेउमा पर्ने सोची शहरमा लिबियामा नेटोको सैनिक कारवाहीमा निरन्तरता रहेतापनि स्थलगत सैनिक गतिविधी नगर्ने तथा लिबियातर्फ स्थलगत सेना नपठाउने बताउनु भएको छ।
श्री एन्दर्स फोग रासमुसेनले हिजै नेटो-रुस परिषद् अन्तर्गत मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुनुभएपछि रुसका विदेश मन्त्री सेरगेइ लाभरोभसँग आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, लिबियामा नेटोको सैनिक गतिविधीको आवश्यक्ता छ, नत्र भने अरु बढी व्यक्तिको ज्यान जानेछ। नेटोको सैनिक गतिविधी सँयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को एक नौ सात तीन नम्बरको प्रस्तावसँग अनुकूल रहेको छ।



