काठमाडौ – नीति तथा कार्यक्रमबाट
‘जनयुद्ध’ शब्द हटाउन सत्तारुढ नेकपा(एमाले) ले नेताहरुले प्रधानमन्त्री झलनाथ खनाललाई सुझाव दिएका छन् । बिहीबार बिहान
बसेको स्थायी समिति बैठकमा नेताहरुले उक्त सुझाव दिएका हुन् ।
एमाले अध्यक्ष एंव प्रधानमन्त्री झलनाथ खनालले नीति तथा कार्यक्रमका विषयमा
उठेको प्रश्नको जवाफ कसरी दिने भन्ने विषयमा छलफल गर्न बालुवाटारमा स्थायी समितिको
बैठक डाकेका थिए । एमाले नेताहरुले ‘जनयुद्ध’ शब्द हटाउन तथा आफ्नो गाउँ आफै बनाउँ
जस्ता कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिए । बैठकमा वरिष्ठ नेता माधवकुमार
नेपाल र केपी ओली भने अनुपस्थित थिए ।
सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सभासदहरुले उठाएको
प्रश्नको बिहीबार प्रधानमन्त्रीले जवाफ दिएपछि सकिंदैछ । नीति तथा कार्यक्रममाथि
सत्तापक्ष कै केही सभासद् र प्रतिपक्षले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।



