‘जनतासँग माओवादीः – गैँडाकोटबाट माओवादीको जागरण अभियान फेरि सुरु, नन्दबहादुर पुन पनि सामेल

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केही समय स्थगन गरेको पूर्व–पश्चिम हुलाकी लोकमार्गकेन्द्रित ‘जनतासँग माओवादीः तराई मधेस जागरण अभियान’ फेरि सुरु गरेको छ।

Nepal life insurance

नयाँ वर्ष २०८२ सालको पहिलो दिन वैशाख १ गतेदेखि नवलपुरको गैैेँडाकोटबाट अभियान पुनः सुभारम्भ भएको माओवादी केन्द्रले जनाएको छ।

नयाँ वर्ष २०८२ सालको पहिलो दिनदेखि अभियान फेरि सुभारम्भ गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । अभियान लागि पुगेका प्रचण्डसहितका नेताहरुलाई गैडाकोट नेता कार्यकर्ताले स्वागत गरे । अभियानमा पूर्वउपराष्ट्रपति समेत रहेका नन्दबहादुर पुन पनि जोडिएका छन् । यसअघि पार्टीको बैठकहरुमा सक्रिय भएपछि कुनै जिम्मेवारी नतोकिएको कारणले पुन अभियानमा हिँडेका थिएनन् ।

गत साता बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षमा मनोनीत गरेपछि पुन पार्टी अभियानमा अध्यक्ष प्रचण्डसँगै हिँड्न थालेका हुन् ।

प्रचण्डलगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासँग रहनेछन् । माओवादीको यो अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको थियो । निरन्तर गर्ने तयारी गरेपछि माओवादी अहिले केही समय रोक्दै फेरि सुरु गर्दै आइरहेको छ ।

images

अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ । अभियान प्रभावकारी भएको र जनतासँग पार्टीलाई जोड्न सफल भएको माओवादीको नेताहरुको दाबी छ । यो अभियानमा पार्टीका उपमहासचिव तहसम्मका सबै नेताहरुलाई अनिवार्य सहभागी हुँदै आइरहेका छन् । -SP

 

images

Nepal life insurance