आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परिक्षामा सहभागी हुदैनौं’

 

काठमाडौं, ९ बैशाख । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा कार्यक्रम बहिस्कार गर्ने भएको छ ।

Nepal life insurance

परिक्षा बोर्डले बैशाख ११ गते देखी सुरू हुने कक्षा १२ को परिक्षा निरन्तरता दिन निर्णय गरे लगत्तै महासंघले सो परिक्षा बहिस्कार गर्ने निर्णय सार्बजनिक गरेको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै सरकालाई असहयोग गर्न आब्हान गरेका हुन् ।

‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन,प्रवेश परीक्षा,विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र अ तथा शिक्षक–कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसै गरी २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपिल गर्दछौँ ।’

images

साथै, शीघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरिदिन पनि महासंघले अपिल गरेको छ ।

images

उता, केपी ओली नेतृत्वको सरकार भने शिक्षक आन्दोलनका बाबजुद निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारीमा लागेको छ ।

images

Nepal life insurance