रुकुम – रुकुमको पुर्तिमकाँडा १ र ३ मा अविरल वर्षासंगै शुक्रबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ । पहिरोमा परी बेपत्ता
भएकामध्ये थप ४ जनाको शव फेला परेको छ । अझै ६ जना बेपत्ता छन् ।
पूर्तिमकाँडा- १ बसनडाँडास्थित स्थानीय धनसिंह घर्तीको घर पहिरोले पुर्दा उनका ४
वर्षीय छोरा रमेश घर्ती, १८ वर्षीया जेठी छोरी अमृता घर्ती र ९ वर्षीया सविना घर्ती
को मृत्यु भएको हो । त्यस्तै सोही गाविसको वडा नं. ३ गिठाकोटस्थित उदिराम वुढाको
घरमा आएको पहिरोले पुरिएर ५३ वर्षीय उदिराम वुढा, ४८ वर्षीय पत्नी काली वुढा,
नातीहरु ५ वर्षीय रोशन वुढा र २ वर्षीय एकराज वुढा छन ।
पहिरोमा पुरिएर बेपत्ता हुनेहरुमा वडा नं. ३ का मृतक उदिरामका वुढाका जेठा छोरा
४० वर्षीय खडकबहादुर वुढा, ३३ वर्षीय ज्वाई रुद्रबहादुर वुढाथोकी, उदिरामकी २५
वर्षीय छोरी गीता वुढाथोकी, छोरीपट्टीका ४ वर्षीय नाती नवराज वुढाथोकी, छोरी
पट्टीकै नातिनी २ वर्षीय जीवन वुढाथोकी र २३ वर्षीया कान्छी बुहारी कवली वुढा छन्
।
पहिरोमा पुरिएर मृत्यु भएकाहरुको शव निकाल्न र बेपत्ताको खोजी गर्नका लागि
जिल्ला सदरमुकामबाट नेपाली सेनाको दि फेमश महेन्द्र दल गणबाट ४० जना र नेपाल
प्रहरीको २० जनाको टोलीले पठाइएको छ । उद्धार कार्यमा कठिनाई भएपछि स्काईकेटरबाट
पहिरो पन्छाउने काम सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।



