दोहोरो भूमिकामा खरो उत्रिदै छन् महिला…

 

  – गंगा ज्ञवाली

दोहोरो भूमिकामा खरो उत्रिदै छन् महिला

महिला र काम

भूमिका घर परिवार र समाज
अफिस अनि जागिर

दोहोरो भूमिकामा खरो उत्रिदै छन्
घर परिवार र समाज समेट्दै छन्
काम बाट फर्किए पछि पुन: काममा नैं जोतिन्छन
घर र बाहिर दुवै समेट्छन् सजाउँछन्
जहाँका महिला सक्षम हुन्छन्

थकान भित्रै बाट पनि मुस्कुराउँछन्
पिँडा लुकाएर खुसी देखाउँछन्
दुःख एक्लै समेट्छन हटाउँछन
परिवारलाई खुसी साथ जगाउँछन्
छोरा छोरी जन्माउँछन् हुरकाउँछन्
आमा बाबु मायाले स्याहार्छन्
सबैलाई सम्हाल्छन्
मिलाउँछन् जुटाउँछन्

डाक्टर गुरु नर्स सेवक सबै बन्छन्
सबैमा दख्खल राख्छन्
एउटा घरलाई स्वर्ग जस्तै बनाउँछन्
सहनशील छन् शुशिल छन्
गुणी छन् सर्व व्यापी छन्
कमाउँछन् तर धाक देखाउदैनन्
सक्षम छन् तर जान्ने बन्दैनन्
निर्धक्क छन् त निर्णय लिदैनन्
सबैको मर्यादा शिरमा बोकेर
माया र साथले परिवार सिगार्छन्

आज भोलीका महिलाहरु
दोहोरो भूमिकामा परिपक्व छन्
कुशल प्रशासकको भूमिकामा सक्षम छन्
इमान्दार शासक को रूपमा दक्ष छन्
निडर सेवकको रूपमा पहरेदार गर्छन्
कुशल सुन्दर गृहिणी सबैकी प्यारी बनेर
आमा साथी सँगिनी बुहारी दिदी बहिनी छोरी
सबै सबै बनेर माया बढाउँदै बाँडिरहेका छन्
सम्पूर्ण रुपमा दोहोरो भूमिकामा परिपक्व छन्
सम्मानित बुझाइ बुझ्न सिकौ बुझौं

यदि ……..
कुनै पनि भूमिकामा महिला कमजोर भए भने
घर के बन्ला?, कस्तो रहला ??
समाज कस्तो होला? कता मोडिएला??
अनुमान गर्न सकिएला र.??

अनि महिला पनि
आफ्नो ओहोदाको गलत फाइदा नलिउँ
घमण्डी बनेर मर्यादा नभुलौं
परिवार र समाज लाई बुझौं चिनौ
आफ्नो अधिकारको गलत फाइदा नलिगौ
हामीले नबुझे कसले बुझ्ला बुझौं बुझाउ..

गंगा ज्ञवाली
कीर्तिपुर- 6 काठमाडौं

 

Nepal life insurance