‘अझै ५–७ वर्ष म मर्न हुन्न, त्यसपछि त जिम्मेवारीको नेतृत्व लिन मान्छे तयारी अवस्थामा साथीहरू हुनुहुन्छ नै, : प्रचण्ड

 

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै ५-७ वर्ष पार्टीको नेतृत्व नछोड्ने बताएका छन् ।

Nepal life insurance

हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानअन्तर्गत बर्दियाको राजापुरमा गरिएको सभामा प्रचण्डले अबको दुई कार्यकालपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन् ।

जनताका अधिकार स्थापित गर्न पनि आफू ५–७ वर्ष नेतृत्वमा बस्न जरुरी देखिएको उनको जिकिर छ ।

‘अझै ५–७ वर्ष म मर्न हुन्न, त्यसपछि त जिम्मेवारीको नेतृत्व लिन मान्छे तयारी अवस्थामा साथीहरू हुनुहुन्छ नै, जनताको अधिकार स्थापित गर्न, हामीले थालेका केही अभियान टुंगाउन र छिन्नभिन्न माओवादी घटक जुटाउन मेरो काम बाँकी छ’,प्रचण्डले भने ।

पछिल्लो चरणमा पार्टीमा आएको सकारात्मक सन्देशले आफूलाई ऊर्जा दिएको र त्यसै अनुसार अघि बढेको बताए ।

‘दुई वर्ष मेहनत गरियो भने ०६४ भन्दा राम्रो नतिजा आउने सपना देखेको छु, त्यसैका आधारमा म मैदानमा आएको छ, तर अब सबै माओवादी मिल्न जरुरी छ । विगतमा भएका कमजोरी सबै छाडेर तपाईहरुसँग माफी माग्न आएका हौं’, दाहालले भने ।

जागरण अभियानमा आफूले यो बीचमा गरेका गल्ती स्वीकार गर्दै प्रचण्डले ती कमजोरीको उपचार गर्न जनतासमक्ष आएको उनले दोहो¥याए ।

‘हामीलाई अलिकति रोग लागेकै हो, हाम्रो उद्देश्यबाट विचलित भएकै हौं, उपचारका लागि जनतासँग आएका छौं, यसको उपचार अन्त गएर पाइदैन, झापाबाट बर्दिया आउँदासम्म धेरै रोग ठीक भइसकेको छ । अब कन्चरपुरसम्मको हुलाकी सडक र पहाडी बाटोबाट इलाम पुगेपछि सबै ठीक हुनेछ ’ उनले भने ।

 

Nepal life insurance