प्रचण्डसहितको टिमले अछामी परिकार भक्सीको चाख्यो स्वाद

 Nepal Life

 

काठमाडौं, १६ बैशाख । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ।

Nepal life insurance

खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला परोसीएको थियो। भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ। तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा स्टीम (बाफ) गरिन्छ। यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरि स्टीम गरिएको अर्को लोकप्रिय परिकार हो।

स्थानीय संस्कृतिको सम्मानस्वरूप अभियान टोलीले केराको पातमा परोसीएको भक्सी र डल्ला मास स्वादले भरिपूर्ण परिकार खाजा रूपमा ग्रहण गरेको हो ।

 

Nepal life insurance