सिरहा । सुन व्यवसायको इतिहासमा आजसम्मकै सबभन्दा उच्च मूल्य भएकाले स्थानीय बजारमा यसको बिक्री ७५ प्रतिशतले झरेको छ ।
अहिले लहान बजारमा छापावाल सुन प्रतितोला ४३ हजार ८०० रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको छ ।
दैनिक १० लाखभन्दा बढी रुपैयाँको कारोबार हुने सुनको भाउमा अहिले अस्थिरता आएकाले ३ लाख रुपैयाँसम्मको मात्र कारोबार भइरहेको छ ।



