बजेटले आफ्ना समस्याहरु सम्बोधन नगरेको भन्दै मुलुकको प्रशासनिक केन्द्र सिंहदरवारभित्रै कर्मचारीद्वारा नारा जुलुस

काठमाडौ  – 
बजेटले आफ्ना समस्याहरु सम्बोधन नगरेको भन्दै मुलुकको प्रशासनिक केन्द्र सिंहदरवारभित्रै कर्मचारीले आइतवार नारा जुलुस गरेका छन् ।

माओवादी समर्थित नेपाल कर्मचारी संगठन र कर्मचारी मिलन केन्द्रले बजेटले
कर्मचारीलाई राहत दिन नसकेको दावी गर्दै अर्थमन्त्रालयबाट जुलुस निकालेर फेरी
अर्थमन्त्रालयमै पुगेर धर्ना दिएको हो ।

उनीहरुले बजेटले बढाएको तलव भत्ता अपुग भएको, अस्थायीलाई स्थायी नगरेको तथा
अस्थायीलाई लुगाभत्ता नदिएको जस्ता आरोप लगाएका छन् ।

बजेटले ४६.८६ प्रतिशतसम्म कर्मचारीले तलव बढाएको छ । कर्मचारीको तलव यसरी बढ्दा
बजारभउ बढेर समस्या आउन सक्ने भन्दै आलोचना भइरहेको बेला कर्मचारीले भने त्यसले
नपुगेको भन्दै सिंहदरवार भित्रै नाराजुलुस गरी धर्ना दिएका हुन् ।