श्रमसंसार पोर्टल मार्फत सहजै रोजगारी पाउने अबस्थामा सृजना भयो : श्रममन्त्री भण्डारी

 Nepal Life

 

काठमाडौं, १८ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अब योग्यता र क्षमता भएका नागरिकले सहजै रोजगारी पाउने अवस्था सृजना भएको बताएका छन ।

Nepal life insurance

१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने बिश्वास व्यक्त गरेका छन् । उनले युवाहरूले आफ्नो योग्यता र क्षमताका आधारमा मुलुकको जुनसुकै ठाँउमा बसेर रोजगारी गर्न सक्ने बताए।

“पहुँच र भनसुनले रोजगारी पाइन्छ भन्ने भाष्य चिर्दैछौँ । मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले भचुर्अल माध्यमबाट शुभारम्भ गरेका थिए । मन्त्री भण्डारीले स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, “यो पोर्टल आजदेखि सुरुआत भएको छ । सबै स्थानीय तह र श्रमिकसँग मोबाइल एप्लिकेसनमार्फत यसको पहुँच पुग्नेछ । योसँगै स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न मन्त्रालयले अभियान सञ्चालन गर्नेछ”, सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ लाई प्रभावकारी कार्यन्वयन गर्न श्रम संसार पोर्टलले श्रम बजार सूचना प्रणालीमा सहयोगी सिद्ध हुने उनले बताए ।

उक्त अबसरमा एकीकृत रोजगारी प्रणालीका लागि www.shramsansar.gov.np पोर्टलको शुभारम्भ गरिएको थियो ।

 

Nepal life insurance