विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने कार्य पहिलोपटक सुरु

काठमाडौं  – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने कार्य नेपाल
आँफैंले पहिलोपटक सुरु गरेको छ ।

भारतको कलकत्ता बन्दरगाहलाई समुद्री सतह मानेर सगरमाथाको उचाइ नाप्ने कार्य
आगामी २ वर्षमा पूरा हुने भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जनाएको छ ।

प्रविधिका दृष्टिकोणबाट नेपाल आँफंैले सरगरमाथाको उचाइ नाप्न सक्षम भएकाले
आँफैंले उचाइ मापनको कार्य अघि बढाएको हो ।

सन् १९५२ मा ब्रिटिस इन्डिया कम्पनीका बीएल गुलेटले सगरमाथाको उचाइ नापेर २९
हजार २८ फिट अर्थात् ८ हजार ८४७ दशमलव ८४२ मिटर रहेको तथ्याङ्क सार्वजनिक गरेका थिए

नेपाल