सुडान घोटलाका प्रमुख आरोपी मध्येका पूर्व प्रहरी महानिरीक्षकद्वय रमेश चन्द ठकुरी र हेमबहादुर गुरुङ छुटे

काठमाडौ – सुडान घोटलाका प्रमुख आरोपी मध्येका पूर्व प्रहरी
महानिरीक्षकद्वय रमेश चन्द ठकुरी र हेमबहादुर गुरुङ छुटेका छन् । बिशेष अदालतको
आदेश अनुसार चन्दको ७ करोड र गुरुङको ५ करोड रुपैयाँ बैंकले धरौटी जमानी बसेपछि
उनीहरु दुवै जना छुटेका हुन् ।

बिशेष अदालतका रजिष्टार धीरबहादुर चन्दका अनुसार चन्दको सिभिल बैंक र गुरुङको
गलोबल बैंक ग्यारेन्टी बसेको छ । चन्दलाई मंगलबार र गुरुङलाई गत िबहीबार जेल चलान
गरिएको थियो ।

यसैबीच बिशेष अदालतले सुडान घोटलाका आरोपी निलम्बित डिएसपी प्रकाश अधिकारीसँग १५
लाख रुपैयाँ धरौटी मागेको छ । धरौटी बुझाउन नसकेपछि अधिकारीलाई जेल चलान गरिएको छ ।

सुडानमा खटिएका नेपाल प्रहरीका लागि एपीसी लगायतका सामाग्रीहरु खरिद गर्दा
खर्च भइको ४४ करोड रुपैयाँ मध्ये ३० करोड भ्रष्टाचार भएको अभियोगमा अखतियार
दुरुपयोग अनुसन्धान आयोगले ३४ जना पूर्व र बहालवाला प्रहरी अधिकारी तथा दुई ठेकेदार
बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।