जेठ १५ मा हुने राजावादी आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

Nepal Life

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले जेठ १५ गते घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्नेगरी लाग्न पाटीं पंक्तिलाई निर्देशन दिएका छन् ।

Nepal life insurance

सोमबार वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीका नेता कार्यकर्तालाई राजावादीको आन्दोलन निस्तेज पार्न भनेका हुन् ।

‘अहिले सबै पूर्वपञ्चहरू मिलेर जेठ १५ देखि आन्दोलन गर्ने भनेर घोषणा गरेका छन् । म विशेष अपिल गर्न चाहन्छु,’ प्रचण्डले भनेका छन्, ‘उनीहरूको त्यो गतिविधिलाई निस्तेज पार्नका लागि हर गाउँमा, हर टोलमा जानुपर्नेछ । उनीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्नेछ ।’

उनले राजावादीहरूले लगाएको घुर्कीविरुद्ध देशभरका जनता लाग्नुपर्ने जिकिर गरे । ‘उनीहरू तीनै राजामहाराजा होइनन्, जसले अढाइ सय वर्ष राज गरेर संसारको सबैभन्दा बढी देशको दर्जामा ल्याउने यिनीहरू नै होइनन् ?,’ प्रचण्डले भने, ‘आफ्नै राजा र राजपरिवारको हत्या हुँदा, हत्यारा पत्ता लगाउने कुरामा आँ पनि गर्न नसक्ने कायर यिनै होइनन् ? यिनीहरूको घुर्कीविरुद्ध देशभरका जनताले प्रतिवाद गर्नैपर्छ ।’

वर्तमान सरकार उल्टो दिशामा हिँडेका कारणले जनतामा निराशा देखा परेको र त्यो असन्तुष्टिको दुरुपयोग राजावादीले गरेको पनि उनले आरोप लगाए ।

‘हामीले त्यो अभियान चलाउँदै गर्दा काठमाडौंमा यो सरकारका गतल क्रियाकलाप, उल्टो दिशा हिँडेको कारणले जनतामा निराशा देखा पर्यो,’ प्रचण्डले सम्बोधनका क्रममा भनेका छन्, ‘त्यो असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्ने कोशिस गरे । समाजवादी मोर्चासमेत भएर प्रहार गर्दा राजावादीको बेलुन फुट्यो । अझै पनि उनीहरू दुस्साहस गर्ने कुचेष्टा गर्दैछन् ।’ -SP

Nepal life insurance