रवीन्द्र मिश्रलाई उपस्थित गराउन र पक्राउ गर्नुको कारण देखाउन सर्वोच्चको आदेश

Nepal Life

 

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्‍द्र मिश्रलाई उपस्थित गराउन आदेश दिएको छ।

Nepal life insurance

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै मिश्रलाई उपस्थित गराउन आदेश दिएको हो।

मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेको भन्दै श्रीमती सारिका कार्कीले गृह मन्त्रालयलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन् ।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गर्दै उनलाई पनि उपस्थित गराउन र पक्राउ गर्नुको कारण देखाउन पनि सर्वोच्चले आदेश दिएको छ।

तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र ४८ दिनदेखि प्रहरी हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

images

उनीमाथि अनुसन्धान र बयान लिने काम सकिसकेको भएपनि हाजिर जमानीमा नछाडिएको उनकी श्रीमती कार्कीको जिकिर छ।

’संयुक्त जनआन्दोलन समिति’ तोकेका ’जनकमान्डर’ दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो।

images

नवराज सुवेदी नेतृत्वको ’संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिवसमेत रहेका मिश्र गत चैत १५ गते पक्राउ परेका थिए।

images

उक्त प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने निजी घर, सरकारी गाडी, पार्टी कार्यालय र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।
मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री तथा ’संयुक्त जनआन्दोलन समिति’ का आन्दोलन परिचालन समितिका धवल शम्शेर राणा भने उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका थिए। तर मिश्रमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ। -SP

Nepal life insurance