रणवीर कपुरको ‘रामायण’ मा साउथ हिरोइनको इन्ट्री

Nepal Life

 

मुम्बई, ३ जेठ । नितिश तिवारीको निर्देशनमा बन्न लागेको पौराणिक फिल्म रामायणको तयारी तिव्र रुपमा भइरहेको छ ।  रणवीर कपुर स्टारर फिल्ममा बलिउडदेखि साउथ सिनेमाका धेरै ठूला स्टारहरु देखिने भएका छन् । अब यो चलचित्रमा अर्की नायिकाको प्रवेश भएको छ ।

Nepal life insurance

बलिउडमा पनि काम गरिसकेकी साउथ सिनेमाकी यी अभिनेत्री अब रामायणको हिस्सा बनेकी छिन । उनले सिनेमाको प्रतिक्षित चलचित्र रामायणमा रावणकी पत्नी मन्दोदरीको भूमिका निर्वाह गर्नेछिन् । उनी यसै वर्ष बलिउड सुपरस्टारको फिल्ममा पनि देखिएकी थिइन् ।

यदि तपाईले अझै अनुमान गर्नु भएको छैन भने हामी तपाईलाई बताउछौं कि यी अभिनेत्री अरु कोही होइनन्, दक्षिण सिनेमा जगतकी काजल अग्रवाल हुन्। सलमान खानको ‘सिकन्दर’ मा देखिएकी काजललाई नितिश तिवारीले रामायणको मन्दोदरीका लागि कास्ट गर्ने भएका हुन । हालैउनको लुक टेस्ट पनि गरि सकिएको छ ।

इटाइम्सका अनुसार काजल अग्रवालले गत हप्ता मात्र आफ्नो लुक टेस्ट गरेकी हुन । र, उनी मन्दोदरीको भूमिकामा एकदमै फिट देखिएकी छिन्। यति मात्र होइन, उनले हालै सुटिङ पनि सुरु गरिसकेका छन् किनभने निर्माताहरु अहिले रावणको लंका भागको सुटिङ गरिरहेका छन् ।

रामायण भारतको सबैभन्दा प्रतिक्षित फिल्म मध्ये एक हो  । नितिश तिवारीको निर्देशनमा बनिरहेको फिल्मलाई नमित मल्होत्राले निर्माण गर्दैछन् । रणवीर कपुरले भगवान रामको भूमिका निभाइरहेका छन् भने साई पल्लवीले सीताको भूमिका निभाइरहेका छिन् । सनी देओल हनुमानको भूमिका निभाउँदा साउथ सुपरस्टार यश भने रावणको भूमिकामा देखिनेछन् ।

images

रामायण दुई भागमा रिलिज हुँदैछ । पहिलो भाग २०२६ को दिपावलीमा रिलिज हुनेछ भने दोस्रो भाग २०२७ को दीपावलीमा हलमा रिलिज हुनेछ। रिपोर्टका अनुसार पहिलो भागको छायांकन सकिएको छ । अहिले दोस्रो भागको छायांकन जारी रहेको छ ।

 

images

Nepal life insurance

 

images