काठमाडौं – सुडान घोटालाका एक मूख्य आरोपी पूर्व प्रहरी
महानिरीक्षक ओमविक्रम राणाको बिशेष अदालतमा आइतबार बयान नसकिए पछि हिरासतमा राखिएको
छ ।
उनी म्याद तामेली भएको २९ औं दिन राणा विशेष अदालत जान लागेका हुन् । राणाले
म्याद तामेलीको पत्र बुझ्न नमानेपछि जिल्ला अदालतको टोलीले असार १२ गते
कुसुन्तीस्थित राणा निवासमा पत्र टाँसेको थियो ।
यसैगरी बिशेष अदालतले निलम्वनमा परेका एसपीहरु विद्याराज श्रेष्ठ र कृष्णप्रसाद
गुरागाईं १५ र १५ लाख रुपैयाँ धरौटी मागेको छ । धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको
छ ।



