बहुचर्चित सुडान घोटालाका एक मूख्य आरोपी पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई १५ करोड धरौटी माग धरौटी बुझाउन नसकेपछि हिरासतमा

काठमाडौं  – विशेष अदालतले बहुचर्चित सुडान घोटालाका एक मूख्य आरोपी पूर्व प्रहरी
महानिरीक्षक ओमविक्रम राणासँग १५ करोड धरौटी माग गरेको छ ।

धरौटी बुझाउन नसकेपछि सोमबार साँझ नै उनलाई न्यायिक हिरासतमा रखिएको छ ।

विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश
मिश्र र केदारप्रसाद चालिसेको इजलासले राणासँग १५ करोड धरौटी मागेको हो ।

राणालाई धरौटी तोकिएपछि घोटाला भएको रकम पनि उठेको छ । सुडान घोटालामा २९ करोड
घोटाला भएको थियो । अहिलेसम्म फैसला भएका आरोपीसँग मागिएको धरौटीबाट घोटाला रकम
उठेको हो ।

यसअघि पूर्व आईजीपीद्वय रमेशचन्द ठकुरीसँग ७ करोड र हेमबहादुर गुरुङसँग ५ करोड
धरौटी मागिएको थियो । तीन पूर्व आईजीपीबाटै २७ करोड धरौटी उठेको छ ।

म्याद तामेली भएको २९ औं दिन आइतबार नै विशेष अदालत पुगे पनि राणाविरुद्ध
थुनछेकको बहस गर्ने समय सकिएपछि न्याधिक हिरासतमा राखिएको थियो । फौजदारी मुद्दामा
बयान भइसकेपछि थुनछेकको आदेश नहुञ्जेल हिरासतमै बस्नुपर्ने प्रावधान छ ।

अख्तियारका सचिव भगवती काफ्लेले सहमति विपरीत मुद्दा लगाएको भन्दै राणाले म्याद
तामेलीको पत्र बुझ्न नमानेपछि जिल्ला अदालतको टोलीले असार १२ गते कुसुन्तीस्थित
राणा निवासमा पत्र टाँसेको थियो ।

अख्तियारले उनीलगायत तीन पूर्वआईजीपीसहित ३४ प्रहरी अधिकारी, एक बेलायती ठेकेदार
तथा उनका नेपालस्थित विचौलियाविरुद्ध गत जेठ २४ गते विशेष अदालतमा मुद्दा दायर
गरेको थियो ।

मुद्दामा आरोपीमध्ये झण्डै एक दर्जन प्रहरी अधिकारीसँग विशेष अदालतले धरौटी रकम
लिएर छाड्दै आएको छ ।

सुडान घोटाला प्रकरणमा अख्तियारले तीन पूर्वप्रहरी प्रमुखसहित ३६ जनाविरुद्ध जेठ
तेस्रो साता विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरू सबै मिलेर
२८ करोड ८१ लाख ६१ हजार रुपैयाँबराबरको भ्रष्टाचार गरेको आयोगको अभियोग छ ।

अनुपातका हिसाबले यो हालसम्मकै सबभन्दा ठूलो भ्रष्टाचार अभियोग हो । अभियोग
लागेकामध्ये इन्स्पेक्टरदेखि पूर्वप्रमुखसम्मका ३४ प्रहरी अधिकारी छन् ।

बेलायती ठेकेदार माइकल रिडर र उनका नेपाली एजेन्ट शम्भु भारतीविरुद्ध पनि अभियोग
लगाइएको छ । माइकल लन्डनस्थित एस्योर्ड रिस्क कम्पनीका निर्देशक हुन् भने शम्भु
उनका नेपालस्थित एजेन्ट ।

सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका प्रहरीका लागि आवश्यक सामग्री र
यातायात साधन खरिद तथा ढुवानीको ठेक्का उक्त कम्पनीले लिएको थियो ।

विशेष अदालतको आदेश

विशेष अदालत, काठमाडौं

विशेष अदालत, काठमाडौं

इजलास

अध्यक्ष माननीय न्यायाधीश श्री गौरी बहादुर कार्की

सदस्य माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र

सदस्य माननीय न्यायाधीश श्री केदार प्रसाद चालिसे

आदेश

सम्वत् २०६८ सालको स.फौ.न. ९३