काठमाडौं – सिंहदरवारभित्रैबाट विद्युत्
काटिदिने चेतावनी ऊर्जामन्त्री गोकर्ण विष्टले दिएका छन् ।
विद्युत् प्राधिकरणले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ऊर्जा
मन्त्री विष्टले बक्यौता रकम भुक्तानी नगर्ने मन्त्रालयबाटै विद्युत् काटिदिने
चेतावनी दिएका हुन् ।
‘मैले यसबारे प्रधानमन्त्रीसँग पनि सल्लाह गरिसकेको छु, बक्यौता चुक्ता नगर्ने
मन्त्रालयको विद्युत् पनि अब काटिनेछ,’ उनले भने, ‘यसको सुरुवात सिंहदरवारभित्रकै
मन्त्रालयमा विद्युत् काटेर सुरु हुन्छ ।’
मन्त्री विष्टले बक्यौता नतिर्ने सरकारी कार्यालयबाटै विद्युत् कटौती गर्दा
आइपर्ने सवै चुनौति सामना गर्न आफू तयार रहेको बताए । ‘यसका लागि विद्युत्
प्राधिकरणका साथीहरुलाई म संरक्षण गर्छु,’ उनले भने ।
२१ मन्त्रालयबाटै करोडौं बक्यौता उठ्न नसकेको विवरण प्राधिकरणले सोमबार केही
राष्ट्रिय दैनिकमा प्रकाशित गरेको थियो । प्राधिकरणका अनुसार २१ मन्त्रालयबाटमात्रै
६६ करोड २४ लाख २४ हजार १२ रुपैयाँ उठ्न बाँकी छ ।
हेर्नुहोस् सूचना




