तिनकुने घटनामा ६१ जना प्रतिवादी बनाएर मुद्धा दायर

 

काठमाडौं  । राजावादीहरुले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपश्चात पक्राउ परेका ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

Nepal life insurance

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले तिनकुने घटनामा दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपाका महामन्त्री एवं सांसद धवल शमशेर राणालगायत ६१ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा आइतबार मुद्दा दायर गरेको हो ।

सरकारी वकिलको कार्यालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री राणा र प्रसाईंसहित ५० जनालाई राज्यविरुद्धको कसुरसमेतमा प्रतिवादी बनाएको छ । अन्य ११ जनालाई आपराधिक उपद्रवमा मुद्दा दायर गरिएको छ । तीमध्ये प्रसाईंसहित ८ जनालाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ । राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा पनि प्रतिवादी बनाएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

तीनकुने घटना हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीहरुले निजी घर, व्यवसाय र सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै कैयौं सरकारी सम्पत्ति पनि आगजनी गरेका थिए ।

images

 

Nepal life insurance

images