काठमाडौ – आफ्नो
पार्टीले सिफारिस गरेका मन्त्रीहरुको सपथ बिहीबारसम्ममा हुने दावी एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले गरेका छन् । साथै उनले सपथ नगराईए
माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
गजुरेलले बुधबार रिपोर्टर्स क्लवमा आजै त्यस्तो निर्णय लिन माओवादी तयार रहेपनि
प्रधानमन्त्रीले सहमतिमा सपथ गराउने प्रयास भईरहेकोले पर्खन भनेकोले अप्रिय निर्णय
नलिएको बताए ।
संविधानसभाको म्याद फेरि तीन महिना थपिने र माओवादीको नेतृत्वमा सरकार बनिहाल्ने
भएकोले अहिलेको विस्तारमा विवाद गर्नुको औचित्य नभएको गजुरेलको तर्क थियो ।
माओवादीले मन्त्रिपरिषद्मा सहभागी आफ्ना सदस्यहरुलाई फेरबदलका लागि १२ मन्त्री र
१२ राज्यमन्त्रीको नामावली प्रधानमन्त्रीलाई दिइ सकेको छ । तर, यसले आशंका बढाएको
भन्दै प्रधानमन्त्री नमानेको अवस्था छ ।



