युवा संघको निर्वाचनमा भेटिए फर्जी मतदाता !

 

पोखरा । पोखरामा जारी नेकपा एमाले निकट राष्ट्रिय युवा संघको मतदानका क्रममा फर्जी मतदाता भेटिएका छन् । मतदाता नामावलीमा नाम भए पनि अर्कैले भोट हालेको र नक्कली प्रतिनिधि फेला परेको भन्दै अध्यक्षका उम्मेदवार सुमन पुरीले विरोध गरेका छन् ।

उक्त व्यक्तिले अर्कै मतदाताको नामको नक्कली परिचयपत्रबाट मतदान गर्न खोजेको पाइएपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य भएको थियो । मतदानस्थलबाट चार वटा फर्जी परिचयपत्रसमेत बरामद गरिएको अध्यक्षका उम्मेदवार पुरीले बताएका छन्।

Nepal life insurance

उनले मतदान स्वच्छ नभएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्-  स्वस्थ प्रतिस्पर्धा यही हो त ? एक जना मान्छे उपस्थित छैन, उसको नाममा कार्ड बनाइन्छ । कार्डमा फोटो टाँसिन्छ । त्यही कार्ड लिएर अर्का मान्छे मतदान गर्न आउँछ, फर्काइन्छ । पछि ‘प्रतिनिधि व्यवस्थापन’ ले फेरि अर्को कार्ड बनाएर पठाउँछ । यो के हो ? हारको डरले ? यति गम्भीर बेइमानी, अनि पनि जित्नुपर्छ भन्ने लोभ ?’

 

Nepal life insurance