रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या

 

रुपन्देही- रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्। डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन्।

Nepal life insurance

३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

बुटवल उपमहानगरपालिका-११ मैत्रीपथमा बस्दै आएका पूर्वश्रीमानले बिहान ४ बजेतिर दीपा र छोरीहरूलाई चक्कु तथा हम्मर प्रहार गरी हत्या गरेको क्षेत्रीले बताए।

हत्याको खबर भने प्रहरीलाई बिहान ७ बजे मात्रै पुगेको थियो। क्षेत्रीका अनुसार दीपा आफ्ना दुई छोरी लिएर पूर्वश्रीमानको घरमा पुगेकी थिइन्। उनलाई मंगलबार छोरीसहित पूर्वश्रीमानले आफ्नो घरमा बोलाएका थिए।

‘उनी किन गएकी थिइन् भन्ने कुरा अनुसन्धान भइरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले घटनास्थल सुरक्षित गरेर शवको मुचुल्का उठाउने तयारी भइरहेको छ।’

images

दीपाका पूर्वश्रीमान् सुजन कोइरालालाई पक्राउ गरी अनुसन्धान थालिएको क्षेत्रीले बताए।

मृतक महिला पाल्पाको तानसेन नगरपालिका-७ कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनले केही वर्षपहिले नै सम्बन्धविच्छेद गरी नवलपरासीका अर्का व्यक्तिसँग बिहे गरेकी थिइन्।

images

 

Nepal life insurance

images