कसैको विरोधमा होइन, जनताको उपलब्धिको खुशीयाली साटासाट गर्न गणतन्त्र दिवस मनाइने होः महासचिव

 

काठमाडौं, १४ जेठ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन मनाउन थालिएको बताए ।

Nepal life insurance

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्रलाई उत्सवको रुपमा  हुँदैछ भन्ने थालनी आफूहरुले भोलिको गणतन्त्त उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको बताए ।

“संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौ,” उनले भने, “त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका  उत्सवका रुपमा हाम्रो पार्टीले महसुस गरयौ र त्यसै अनुरुप हाम्रो पार्टीले जेठ १५ गतलाई गणतन्त्र उत्सवमा मनाउने निर्णण गरौ र तयारीमा जुटेका छौ ।” महासचिव पोखरेलले साँस्कृतिक झाँकी सहित उत्सवको रुपमा दिवस मनाइनेसमेत बताए ।

“हाम्रो देश भाषिक जातिय र सांस्कृतिकयुक्त देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न  भएको ऐतिहासिक दिनलाइ जनउत्सवको रुपमा मनाउने भएकोले त्यो विविधितालाई भोलि आयोजना हुने कार्यक्रमका माध्यमबाट प्रकट गर्न चाहन्छौ,” उनले भने, “हाम्रो  कार्यक्रममा विभिन्न जातजातिका समुदाय, विशेगा सांस्कृतिक भेषभुषा, बाजाजागा सांस्कृतिक झाकी सहित हुने छ । यसले एउटा विशिष्ट  छाप छाडने छ।”

महासचिव पोखरेलले मुलुकको सबै ध्यान राजनीतिक व्यवस्था पुगिसकेकोले अवको आफूहरुको ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

images

उनले राजनीतिक दलबीच सहमति भयो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरि बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजाने उपयुक्त हुने बताए ।

images

“जुन दिनले हामीलाई सार्वभौमसत्ता सम्पन्न बनायो । जनअधिकारलाई स्थापिति गर्ने काम गर्ने  गरयौ । त्यो दिनलाई कमजोर बनाउने काम भइरहेको छ,” उनले भने, “त्यो जनताका लागि स्वीकार्य छैन भन्ने खालको सन्देश जनताको खुशीयालीको माध्यमबाट प्रकट गर्नुपर्दछ भन्ने । कसैको विरोध होइन जनताको उपलब्धिको खुशीयाली साटासाट गर्ने समारोहका रुपमा आयोजना गर्न थालेका हौ ।”

images

उनले एमाले मात्र होइन, सवै राजनीतिक दलका प्रतिनिधि जेठ १५ गतेको गणतन्त्र उत्सवको दिनको समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रुपमा मनाउन हातेमालो गर्न आग्रह गरेका छन् ।

 

Nepal life insurance

 

Nepal life insurance