आज राजावादीको प्रदर्शन, काठमाडौँमा विशेष सुरक्षा सतर्कता

 

काठमाडौँ । आज राजावादी दल तथा अभियानहरुले काठमाडौँमा जन आन्दोलन गर्दैछन् ।

Nepal life insurance

राप्रपा, राप्रपानेपालसहितका दलहरु नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको ब्यानरमा काठमाडौँमा शान्तिपूर्ण आन्दोलन गर्ने तयारी गरिएको छ ।

जनान्दोलन समितिले रत्नपार्कमा प्रदर्शन गर्ने भनेपनि काठमाडौँ प्रशासनले त्यसको स्वीकृति नदिएको बुझिएको छ । प्रशासनले राजावादीहरुको प्रदर्शन रिङरोड बाहिर नै होस् भन्ने सन्देश दिएको बुझिएको छ ।

प्रशासनले गत चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनलाई मध्यनजर राख्दै विशेष सुरक्षा सतर्कता अपनाएको बताएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफुहरुको शान्तिपूर्ण प्रदर्शनमाथि दमन भएमा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।  राप्रपाले आजको आन्दोलनका लागि २५ हजारभन्दा बढी कार्यक्रता काठमाडौँ आइसकको बताएको छ ।

अर्कोतर्फ राजावादीको आजको अन्दोलनसँगै एमालेले गणतन्त्र उत्सव मनाउने भन्दै भृकुटीमण्डप क्षेत्रमा विशेष कार्यक्रम गर्दैछ । एमालेले सांस्कृतिक झाँकी सहित कार्यक्रम गर्ने बताएको छ । एमालेले यो प्रदर्शन कसैविरुद्ध नभएर गणतन्त्रको उत्सव मनाउने बताएको छ ।

 

Nepal life insurance