





काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ।


बिहीबार सङ्घीय संसद्मा आर्थिक वर्ष २०८२–०८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मन्त्रालयका लागि १८ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।
यस्तै सरकारले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको छ ।



