– कृष्ण खनाल
बुटवल १४ साउन- मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान काहुरास्ट नेपाल रुपन्देहीको आयोजनामा सनिवार वुटवलमा एक दिवसीय मानवअधिकार नागरिक शिक्षा र लोकतन्त्र विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
तालिममा विभिन्न राजनितीक दलमा आवद्ध प्रतिनिधीहरुको सहभागिता रहेको थियो । रुपन्देही जिल्ल्ााको ख वनगाई मक्रहर देवदह सौ फसा्रटिकर करहीया मोतिपुर वुटवल नगरपालिका लगायत स्थानवाट करिव ३० जनाको सहभागिता रहेको काहुरास्ट रुपन्देहीले जनाएको छ ।
काहुरास्टका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष नेत्र वहादुर पाण्डेले काहुरास्टको अवधारणा र मानवअधिकारको मुलभुत कुराको वारेमा प्रकास पारेका थिए भने अधिवक्ता वावुराम पाण्डेले अन्तराष्ट्यि मानविय कानुनको वारेमा सहजीकरण गरेका थिए ।
जिल्ला अध्यक्ष नेत्र पाण्डेको अध्यक्षता उपाध्यक्ष रामलाल जोशीको स्वागत सहसचिव हरी प्रसाद रेग्मीको संचालनमा भएको कार्यक्रममा सचिव राजेन्द्र कुँवर लगायतले मानवअधिकारको वारेमा वोलेका थिए ।



