अर्घाखाँची : स्वर्गीय नेत्रबहादुर क्षेत्री स्मृति कपको उपाधि सिनपा- २ लाई (तस्बिर सहित)

 

-केशब पन्थी , अर्घाखाँची।

अर्घाखाँची जिल्लाका वरिष्ठ राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय नेत्रबहादुर क्षेत्रीको संझनामा उहाँकै जन्मस्थल सितगंगा-२ सितापुरमा वडा स्तरीय जिल्ला व्यापी भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

May be an image of 12 people, temple and text

स्थानीय नव सृजनशील युवाक्लव सितापुरको आयोजनामा सम्पन्न

प्रथम स्वर्गीय नेत्रबहादुर क्षेत्री स्मृति कप प्रतियोगिताको उपाधि आयोजक सितगंगा नगरपालिका वडा नं. २ को टिमले जितेको छ । फाइनल खेलमा सितापुर-७ को टिमलाई लगातार दुई सेट जितेर प्रथम स्थान हासिल गरी उपाधि जित्न सफल भएको हो । बिजेता टिमका खेलाडीहरुले नगद रु.५१ हजार १ सय ११ रुपैयाँ,शिल्ड र मेडल प्रप्त गरेका छन् ।

May be an image of 11 people and text

यसैगरी प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने सितगंगा वडा नं.-७ को समूहका खेलाडीहरुले नगद रु.३१ हजार १ सय ११, शिल्ड र मेडल प्राप्त गरेका छन् ।
प्रतियोगितामा सन्धिखर्क -७ को टिमले तृतीय स्थान हासिल गरेको छ । उनिहरुले नगद रु.२१ हजार १ सय ११ रुपैयाँ ,शिल्ड र मेडल प्राप्त गरेका छन् ।

May be an image of 5 people, temple and textNepal life insurance

विजेता टिमका खेलाडीलाई एक समारोहका बीच नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले नगद पुरस्कार ,शिल्ड तथा मेडल प्रदान गर्नु भएको छ ।

May be an image of 11 people and text

पुरस्कार प्रदान गर्दै उहाँले खेलको माध्यम बाट मुलुकको नाम राख्नेगरी उच्च मनोवलका साथ अगाडी बढ्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

May be an image of 12 people and text

अध्यक्ष भुसालले सक्षम र योग्य खेलाडी गाउँमा भएपनि आर्थिक अभावका कारण खुम्चिएर बस्न बाध्य भएको भन्दै नव प्रतिभाको प्रस्फूटनको निम्ति विशेष कार्यक्रम ल्याउन राज्यको ध्यानाकर्षण गराउनु भयो ।

May be an image of 10 people, temple and text

उहाँले आफ्नो पार्टीका दिवङ्गत नेता वरिष्ठ समाजसेवी नेत्रबहादुर क्षेत्रीको संझनामा नव सृजनशील युवाक्लव सितापुरले खेलकुद कार्यक्रम आयोजना गरेकोमा धन्यावाद प्रकट गर्दै स्वर्गीय क्षेत्री जिल्लाको राजनीतिक ,सामाजिक र बिकासको मेरुदण्ड भएको बताउनु भयो । नेकपा एमालेका तत्कालीन जिल्ला पार्टी प्रमुख स्वर्गीय क्षेत्री दिवंगत भएपनि जिल्ला बासिको मनमस्तिष्कमा सधै अमर रहिरहने उहाँको भनाइ थियो ।

May be an image of 12 people and text

नव सृजनशील युवा क्लवका अध्यक्ष रामबहादुर क्षेत्रीको अध्यक्षता र नेकपा एमालेका युवा नेता हरि खनालको संचालनमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा स्वर्गीय

May be an image of 8 people, temple and text

क्षेत्रीकी श्रीमती सरस्वती क्षेत्री , नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सदस्य सरोज भुसाल,गोबर्धन थापा,एमाले नेता प्रेमनारायण गैरे ,प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तव्य राख्दै स्वर्गीय नेत्रबहादुर क्षेत्रीले जिल्लाको राजनीतिक र सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै खेलकुद कार्यक्रमले नयाँ पुस्तामा दिवङ्गत नेता क्षेत्रीलाई चिनाउन सफल भएको वताउनु भयो ।

May be an image of 5 people, temple and text

उहाँहरुले खेलाडीको मनोवल उच्च पार्ने कार्यक्रम ल्याउन राज्यको ध्यानाकर्षण समेत गराउनु भयो ।

 

Nepal life insurance