सरकारमा गएपछि संविधान संशोधनको बाचा बिर्सियौं : महामन्त्री थापा

 

नेपालगञ्ज, जेठ २० : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस– एमाले सरकार गठन हुँदा गरिएको संविधान संशोधनको बाचा बिर्सिएको बताएका छन्।  मंगलबार बाँके क्षेत्र नम्बर– २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो भनाई राखेका हुन्।

Nepal life insurance

महामन्त्री थापाले भने, ‘कांग्रेस र एमालेलेको सरकार गठन हुँदा संविधान संशोधन गर्ने भनेर ७ बुँदामा बाचा गरियो। बाचा पूरा गरिरहेका छैनौँ। हामी यति मस्त भएका छौँ कि संविधान संशोधनको मुख्य बाचा बिर्सियौँ।’

उनले कांग्रेस एमालले ७ बुँदाअनुरुप संविधान संशोधनका निम्ति तत्काल गर्नुपर्ने काम गर्नुपर्ने पनि बताए। थापाले व्यवस्था अहिलेको ठिक भएको तर चालक हुँदा कमजोरी भएको भनाई समेत राखे।

उनले भने, ‘यही व्यवस्था हो, संघीय लोकतान्त्रिक गणतन्त्र नै हो, यही व्यवस्था टिक्छ । यही व्यवस्था टिकाउँछौँ । यो व्यवस्थामा केही कमजोरीहरू छन् कमजोरीहरू हामी सुधार्छौँ । सुधार्ने तरिका भनेको संविधान संशोधन गर्छौँ ।’

महामन्त्री थापाले गणतन्त्रको हाइवे सुधार्ने र सही बनाउने जिम्मा कांग्रेसको भएको बताए।

 

Nepal life insurance

अन्य समाचारहरु