मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेता थाइल्याण्ड जाँदै

 

काठमाडौं । बालबालिकाहरूबीचको सौन्दर्य प्रतियोगीता मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनल २०२५ का विजेता थाइल्याण्ड जाने भएका छन्।

Nepal life insurance

आयोजक ट्वान्टी फो फ्रेमले आइतबार एक कार्यक्रमबीच विजेता आगामी ६ जुलाईमा करिव आठ देशबीच हुने वल्र्ड फिनालेका लागी नेपालबाट प्रतिनिधित्व गर्ने जानकारी गराएको थियो।

प्रतियोगीताको गएको वैशाख १३ गते फिनाले भएको थियो। जसमा मिस्टर नेपाल जुनियर इन्टरनेशनल २०२५ अर्मन महत बन्न सफल भएका थिए भने मिसेस नेपाल जुनियर इन्टरनेशनल २०२५ आइसा ठाकुर बन्न सफल भएकी थिइन्।

यस्तै मिस लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सोहना दाहालले पाइन् भने मिस्टर लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सक्षम पराजुलीले पाउन सफल भएका थिए। यि चारै जना बिजेताले थाइल्याण्डमा हुने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन्।

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलको आयोजक संस्था ट्वान्टी फो फ्रेमका सिईओ त्रिलोक बिक्रम थापाले यो प्रतियोगीता एक पेजेन्ट मात्र नभएर बालबालिकाहरुका लागी सिकाईको ठुलो माध्यम रहेको बताए। उनले यस स्टेजबाट धेरै बालबालिकाले धेरै कुरा सिकेर गएको जानकारी दिए।

 

Nepal life insurance